वर्षातको बेला बेसार चिया पिउँदा कम हुन्छन् यस्ता समस्या

नेपालभ्युज

वर्षातको बेला बेसार चिया पिउँदा कम हुन्छन् यस्ता समस्या

एजेन्सी । बेसारमा कैयौं त्यस्ता गुणकारी पोषक तत्व पाइन्छन् जो वर्षात्को बेला हुने कैयौं स्वास्थ्यसँग जोडिएका समस्याहरुलाई कम गर्न सहयोगी हुन्छ । यो चिया स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

  •  वर्षातको बेला मधुमेहका विरामीहरुले बेसारको चिया पिउनु एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टी डायबेटिक तत्व पाइन्छन् । त्यसैले बेसार चिया पिउँदा सुगरको मात्रा कम गर्न सकिन्छ ।
  •  त्यस्तै हृदय सम्बन्धी समस्याका लागि पनि यो चिया पिउन सकिन्छ । यसले मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।
  •  आँखाका लागि पनि बेसार चिया एकदमै राम्रो हुन्छ । यस चियामा भिटामिन ए पनि पाइने भएकाले यसले आँखालाई राम्रो गर्छ ।
  •  त्यस्तै मनसुनको समयमा अर्थराइटिसको समस्या पनि बल्झिरहने हुन्छ । यस्तोमा बेसार चियामा एन्टीअक्सीडेन्ट्स तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् । त्यसैले यो चिया मनसुनमा पिउँदा जोर्नी दुख्ने सुन्निने आदि समस्या कम गर्छ ।
  •  रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि पनि यो चिया एकदमै फाइदाजनक हुन्छ । यसले शरीरमा भएका खराब ब्याक्टेरियाहरुलाई मार्छ र शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि गर्छ ।
  •  त्यस्तै मोटोपनको समस्याबाट छुट्कारा पाउन पनि यो चिया पिउन सकिन्छ । अन्य चियाको रिप्लेस्मेन्टको रुपमा यस चियालाई पिउँदा एकदमै फाइदा गर्छ ।
  •  चिया बनाउनका लागि एक गिलास पानीमा एक चम्चा बेसार, आधा चम्चा दालचिनी पाउडर, एक चुट्की मरिचको धुलो राखेर उमाल्ने । यो पानी केही मात्रामा घटेपछि यसलाई छानेर पिउने । स्वादका लागि कागती वा मह पनि राख्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved