झापा र मोरङमा गएराति भारी वर्षा, कस्तो होला आजको मौसम ?

नेपालभ्युज

झापा र मोरङमा गएराति भारी वर्षा, कस्तो होला आजको मौसम ?

काठमाडौं । झापा र मोरङमा गएराति भारी वर्षा भएको छ ।

दुई जिल्लामा भारी वर्षा भएकाले बाढीको चेतावनी पनि जारी भएको छ । दमक, उर्लाबारी, शनिश्चरे, चन्द्रगढी लगायतका ठाउँमा भारी वर्षा भएकाले विरिङ, रतुवा लगायतका खोलामा बाढीको चेतावनी जारी भएको हो ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved