कोलेस्ट्रोल नियन्त्रणमा राख्न के के खाने ?

नेपालभ्युज

कोलेस्ट्रोल नियन्त्रणमा राख्न के के खाने ?

एजेन्सी । स्वस्थ रहनका लागि अहिले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नु एकदमै जरुरी हुन्छ । अहिलेको परिवर्तित जीवनशैलीका कारणले समस्या बढ्दै गइरहेका छन् । त्यसैले यदी तपाईं आफ्नो शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित बनाएर राख्न चाहनुहुन्छ भने केही खोनकुराहरु हामी तपाईंलाई बताउनेछौं ।

  •  शरीरलाई स्वस्थ राख्न स्वस्थ फ्याटको आवश्यकता हुन्छ । त्यसका लागि तपाईं ड्राई फ्रुट्स खानुहोस् । यसले खराब कोलेस्ट्रोललाई कम गर्छ र मुटुको स्वास्थ्य पनि राम्रो बनाउँछ ।
  • सोयाबाट बनेको चिजहरुको सेवन गर्नाले कोलेस्ट्रोल बढेको छ भने पनि कम हुन्छ । यसलाई दैनिक खानपानमा समावेश गर्नुहोस् ।
  •  त्यस्तै एवोकाडोमा पनि स्वस्थ फ्याट हुन्छन् जसले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्न सहयोग गर्छ । यसबाहेक तपाईं साल्मन जस्तो माछा पनि सेवन गर्न सक्नुहुन्छ ।
  •  कागती पानीमा पाइने भिटामिन सीले नसामा टाँसिएर बसेको तैलीय पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ । त्यसैले दैनिक यसको सेवनले कोलेस्ट्रोलको मात्रा घट्दै जान्छ ।
  •  त्यस्तै ओट्समा घुलनशील फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल बनाउन कम गर्छ र नियन्त्रित रहन्छ ।
  •  फाइबर भएका फल तथा तरकारी जस्तै नासपती, स्याउ, बिन्स, स्प्राउट्स, भिन्डी, फर्सी आदिको सेवन धेरै गर्नुहोस् । यसले कोलेस्ट्रोल नियन्त्रित रहन्छ ।
  •  यी सबै बाहेक आलसको बीज, ग्रीन टी, धनियाँको बीज, नरिवल पानी, मुंगफली आदिलाई पनि आफ्नो आहारमा समावेश गराउनुहोस् । यसले शरीरमा नराम्रो कोलेस्ट्रोललाई कम गरी राम्रो कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved