रौतहटमा प्रभु साहविरुद्ध सत्ता गठबन्धनको प्रदर्शन

नेपालभ्युज

रौतहटमा प्रभु साहविरुद्ध सत्ता गठबन्धनको प्रदर्शन

काठमाडौं। सांसद प्रभु साहलाई गौर हत्याकाण्डको मुख्य दोषी भन्दै कारबाहीको मागसहित सत्ता गठबन्धनमा आबद्ध दलले प्रदर्शन गरेका छन् ।

रौतहटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्तरूपमा प्रदर्शन गर्दै प्रभु साहलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।

२०६३ चैत ७ गते सदरमुकाम गौरमा मधेसी जनअधिकार फोरमसँगको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved