प्रश्नपत्रमा ६६ प्रतिशत भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिविमा आन्दोलन सुरु

नेपालभ्युज

प्रश्नपत्रमा ६६ प्रतिशत भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिविमा आन्दोलन सुरु

काठमाडौं। प्रश्नपत्रमा भारतबारे धेरै प्रश्न सोधिएको भन्दै सोध्नेलाई कारबाहीको माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो ।

सोमबार मानविकी संकायअन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहासअन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरको सोधिएको थियो ।

९ वटा प्रश्नमा ६ वटा भारतसँग सम्बन्धित थियो । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र जस्तो गम्भीर विषयमा लापरबाही गरेको भन्दै अखिल क्रान्तिकारीले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गरेको हो ।

प्रश्नपत्रमा भारतसँग सम्बन्धित विषय सोधिएपछि विद्यार्थीहरूले परीक्षा नदिने अडान लिएका थिए । विद्यार्थीहरूको अडानपछि झण्डै १ घण्टापछि परीक्षा नियन्त्रण कार्यालयले दोस्रो प्रश्नपत्र पठाएको थियो ।

विभिन्न विद्यार्थी संगठनहरूले प्रश्नपत्र बनाउने र लापरबाही गर्ने अधिकारीहरूलाई कारबाही गर्न माग गर्दै आएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्दै आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved