चिया खुवाउँदै शशांकले भने- कांग्रेस एक हुनुको विकल्प छैन, मिलेर अघि बढौं

नेपालभ्युज

चिया खुवाउँदै शशांकले भने- कांग्रेस एक हुनुको विकल्प छैन, मिलेर अघि बढौं

काठमाडौं । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाप्रति लचक देखिएका नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सबै एकढिक्का भएर पार्टीलाई अघि बढउनुपर्ने बताएका छन् ।

जारी केन्द्रीय समिति बैठक सकिनुभन्दा एक दिनअघि चियापान कार्यक्रम राखेर नेता कोइरालाले पार्टीभित्रका सबै एकढिक्का हुनुपर्ने बताएका हुन् । कांग्रेस एक हुँदा मात्रै देशमा ठूला परिवर्तन सम्भव भएको तर्क गर्दै उनले एकतामा जोड दिएका हुन् ।

उनले कांग्रेसबीच भाइचारा सम्बन्ध स्थापित गराउने उद्देश्यले चियापान समहारोहको आयोजना गरेको पनि बताए ।

यसअघि संस्थापनइतरका नेता भनेर चिनिएका कोइराला पछिल्लो समय रक्षात्मक बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved