मैले पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन समातियो : अर्थमन्त्री महत

नेपालभ्युज

मैले पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन समातियो : अर्थमन्त्री महत
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विमानस्थलमा  १०० किलो सुन समातिनुमा आफ्नो ठूलो भूमिका भएको दाबी गरेका छन् ।  प्रेस युनियन रुपन्देहीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

भन्सारमा हुने भ्रष्टाचार रोक्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले पुनः निरन्तरता दिँदा सुन समातिएको उनले पटक-पटक दोहोर्‍याए ।

सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ।’

उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने बताउँदै सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए ।

अर्थमन्त्री महतले राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved