मौद्रिक नीतिलाई सेयर मार्केटको ग्रिन सिग्नल, एकैदिन ६३.२४ अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिलाई सेयर मार्केटले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ठूलो अंकले बढेको हो ।

नेपालभ्युज

मौद्रिक नीतिलाई सेयर मार्केटको ग्रिन सिग्नल, एकैदिन ६३.२४ अंकले बढ्यो नेप्से

काठमाडौं । आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिलाई सेयर मार्केटले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेको हो ।

२.९२ प्रतिशतले बढेको शेयर बजार मापक नेप्से परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ ।

बैक, विकास बैंक, व्यापार उपसूचक बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved