शिल्पीमा ‘ट्रान्जिट’ (तस्वीरहरू)

भूत र भविष्यको समय यात्रा गर्ने यात्रुहरूबीच वर्तमानमा ‘ट्रान्जिट’ भेट हुँदा भएका घटना-परिघटनाको दृश्य देखाउने नाटक ‘ट्रान्जिट’ शिल्पी कला समूहको गोठालो नाटक घरमा यही साउन ५ गते बिहीबारदेखि नियमित मञ्चन भएको छ ।

शिल्पीमा ‘ट्रान्जिट’ (तस्वीरहरू)

काठमाडौं । भूत र भविष्यको समय यात्रा गर्ने यात्रुहरूबीच वर्तमानमा ‘ट्रान्जिट’ भेट हुँदा भएका घटना-परिघटनाको दृश्य देखाउने नाटक ‘ट्रान्जिट’ शिल्पी कला समूहको गोठालो नाटक घरमा यही साउन ५ गते बिहीबारदेखि नियमित मञ्चन भएको छ ।

नाटककार कुमार नगरकोटीको नाटक ट्रान्जिटले समय यात्रामा यात्रारत यात्रुहरूको कथा पस्केको छ । नाटकमा भूतकालको समय यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेकी मायावीको रहस्यमय कथा समेटिएको छ । उनको भूतकाल भ्रमणले मानवको विगतमाथि धेरै प्रश्न उब्जाउँछ ।

के मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् ? समय यात्राको यो ट्रान्जिटमा उनले कति समय बिताउनेछिन् ? के उनी भूतकालमा खुसी छिन् ? उनलाई यो भूत र भविष्यबीचको ट्रान्जिटबाट कस्ले स्वतन्त्र गर्नेछ ? नाटक ‘ट्रान्जिट’ ले दर्शकहरूलाई यस्तै कल्पनाको संसारमा लिएर जानेछ र दर्शकका सोचको घेराहरुलाई भत्काइदिनेछ ।

‘कोमाः अ पोलिटिकल सेक्स’ र ’बाथटव’ पछि नगरकोटीको यो तेस्रो नाटक गोठालो नाटक घरमा मञ्चन भएको हो ।  घिमिरे युवराजद्वारा निर्देशित नाटक ट्रान्जिटमा दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमिल्सिना, मिल्सन राई आदि कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

करिब डेढ घण्टा लामो नाटकमा देव न्यौपाने, अनुप तिमिल्सिना र सामरिक पौडेलको संगीत संयोजन रहेको छ भने प्रवीन खतिवडा र झकेन्द्र विसीले प्रकाश संयोजन गरेका छन् । नाटक ट्रान्जिट आगामी भदौ २ गतेसम्म मंगलबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार भने अतिरिक्त शो दिउँसो १ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved