प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरे डाँडातर्फ लगियो

नेपालभ्युज

प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरे डाँडातर्फ लगियो

काठमाडौं। स्थानीयको विरोधका बावजुद काठमाडौंको फोहोर बञ्चरे डाँडामा लगिएको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।

बञ्चरेडाँडा आसपासका स्थानीयले विगत पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधपछि काठमाडौंमा फोहोर थुप्रिन थालेको थियो ।

काठमाडौंबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग सरकारले वार्ता गरे पनि सहमति भने हुन सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved