गर्मीमा बच्चालाई हाइड्रेट राख्न अपनाउनुहोस् यस्तो टिप्स

नेपालभ्युज

गर्मीमा बच्चालाई हाइड्रेट राख्न अपनाउनुहोस् यस्तो टिप्स

एजेन्सी । गर्मी मौसममा बच्चालाई हाइड्रेट राख्न एकदमै जरुरी हुन्छ । हाइड्रेट रहँदा कैयौं विमारीहरु पनि कम हुन्छन् साथै शरीर स्वस्थ रहन्छ । प्रायः अभिभावक बच्चाको खानपानको ख्याल गरेपनि बच्चाले गर्मीमा झोलिलो चिजहरु कति खाएको छ र हाइड्रेट छ कि छैन यो कुरा बिर्सन्छन् ।

जसले गर्दा स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन थाल्छ ।  त्यसैले बच्चालाई हाइड्रेट राख्नका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । बच्चालाई थकान महसुस हुनु, पटक पटक मुख सुख्खा हुनु, गाढा पहेंलो रंगको पिसाब आउनु तथा चक्कर आउनु जस्ता लक्षणहरु हाइड्रेशनको कमीले गर्दा पनि हुन सक्छ ।

यस्तोमा बच्चालाई हाइड्रेट राख्न जरुरी हुन्छ । तर यदी तपाईंको बच्चाले पानी पिउँदैन वा झोलिलो चिज खान मान्दैन भने यसरी केही टिप्सको माध्यमबाट तपाईंले बच्चालाई हाइड्रेट राख्न सक्नुहुन्छ ।

पानी युक्त खाद्य पदार्थ

बच्चालाई डिहाइड्रेशनबाट बचाउनका लागि उनीहरुको खानपानमा पानी युक्त खाने कुराहरु समावेश गर्नुहोस् । बच्चालाई दैनिक तरबुजा, काँक्रा, स्याउ तथा सुन्तला खान अवश्य दिनुहोस् । यस्ता फलफूलहरुमा प्रसस्त मात्रामा पानीको मात्रा हुन्छ । त्यसैले शरीरलाई लामो समयमा हाइड्रेट राख्छ ।

पानी अवश्य खुवाउनुहोस्

बच्चाले खेल्ने बेला पानी पिउन बिर्सन्छन् । त्यसैले यस्तो बेला ध्यान दिएर अभिभावकले पानी पिउन दिनुपर्छ । खेल्नेबेला उनीहरुलाई तिर्खा अवश्य लाग्छ त्यसैले यस्तो बेला केहीबेरको ब्रेक लिँदै पानी दिँदै गर्‍यो भने बच्चा डिहाइड्रेशन हुनबाट बच्न सक्छ ।

इलेक्ट्रोलाइट वाटर
बच्चाको शरीरलाई हाइड्रेट राख्नका लागि इलेक्ट्रोलाइट वाटरको पनि प्रयोग गर्न सकिन्छ । तर यो सीमित मात्रा मात्र गर्नुपर्दछ । यसको सेवनले पनि बच्चाको शरीरमा पानीको कमी भएको पूरा गर्दछ । साथै बच्चालाई कागती पानी बनाएर पनि दिन सकिन्छ ।

बच्चाका लागि बोतल किन्दिनुस्
बच्चाले ठूला व्यक्तिले जसरी पानी पिउन मान्दैनन् । यस्तो अवस्थामा तपाईं बच्चालाई मनपर्ने रंगीविरंगी वा नयाँ डिजाइनका बोतलहरु किन्दिन सक्नुहुन्छ । नयाँ बोतलमा पानी पिउन रमाइलो मानेर पनि बच्चाले पानी पिउँछन् ।

फ्रुट ड्रिंक्स

बच्चालाई हाइड्रेट  राख्नका लागि उनीहरुलाई फलफूलको जुस बनाएर पनि दिन सकिन्छ । यदी तपाईंको बच्चाले फलफूल यत्तिकै खान मन पराउँदैन भने तपाईं त्यसलाई जुस बनाएर पनि दिन सक्नुहुन्छ । रंगीविरंगी जुस भयो भने बच्चाले रुचि दिएर खान्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved