पासवानको सिनामंगलस्थित डेरामा प्रहरीको छापा

नेपालभ्युज

पासवानको सिनामंगलस्थित डेरामा प्रहरीको छापा

काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसल अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको डेरामा प्रहरीले छापा मारेको छ ।

पासवानको सिनामंगलस्थित डेरामा छापा मार्ने क्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार, टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार पासवानले घटनामा आफ्नो संलग्नता  स्वीकार गरेका छन् ।  सीसी क्यामरामा देखिएअनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेका थिए । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो तर डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन ।

घटनास्थलबाट ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को  पर्चा समेत बरामद गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved