बर्जर रंगोत्सवको विजेताहरूको घोषणा

नेपालभ्युज

बर्जर रंगोत्सवको विजेताहरूको घोषणा

काठमाडौं। बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरूको घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दशैं–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरको विजेताहरूको घोषणा गरिएको हो।

बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरू जितेका छन्।

लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड टीभीको बम्पर पुरस्कार जितेका छन्। यसका साथै बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसुङ ३४५ लिटर रेफ्रिजेरेटर पुरस्कार प्राप्त गनेका छन्।

अन्य पुरसकारहरूमा भाग्यशाली विजेताहरूले १० वटा सामसुङ ७.२ केजी वासिङ मेसिन २० वटा सामसुङ ए-३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाचहरू प्राप्त गरेका छन्।

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्यसहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरूको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गत वर्षभन्दा अझ ठूलो, भव्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ।

डिजिटल प्रतियोगिताका विजेताहरूको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध छन्।

बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो। जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved