सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनचाँदीको मूल्य आज स्थिर कायम भएको हो ।

महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम रहेकोमा आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्यसमेत स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved