आजबाट हवाइ भाडा ६ प्रतिशतले बढाउँदै वायु सेवा कम्पनी

नेपालभ्युज

आजबाट हवाइ भाडा ६ प्रतिशतले बढाउँदै वायु सेवा कम्पनी
फाइल तश्वीर

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् । आइतबार वायुसेवा कम्पनीहरूले प्रेस विज्ञप्ति जारी गरी सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएका थिए ।

सरकारले लगाएको मूल्य अभिवृद्धि कर हालको भाडादरमै जोडिने संघले जनाएको छ। ‘वायुसेवा कम्पनीहरूले साउन १ गतेदेखि लागु हुनेगरी हवाइ भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । यद्यपि हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकोले हवाइ टिकटमा भ्याट कार्यान्वयन गर्दा १३ प्रतिशतकै दरमा शुल्क बढ्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved