टाउको दुख्ने समस्या छ भने पिउनुहोस् यस्तो चिया

नेपालभ्युज

टाउको दुख्ने समस्या छ भने पिउनुहोस् यस्तो चिया

एजेन्सी । दिनभरको थकानलाई कम गर्न होस् वा बिहान बिहान उठेर काममा जानुअघिको टाउको दुखाईमा सधैं औषधी नै खानु राम्रो हुँदैन । कहिलेकाँही हामी थाहा पनि हुँदैन टाउको किन दुखिरहेको छ । यदी तपाईंलाई बेलाबेलामा टाउको दुख्छ र भने त्यसको केही घरेलु उपाय नै अपनाउनु राम्रो हुन्छ ।

यसका लागि तपाईंले आर्युवेदिक चियाहरु पनि पिउन सक्नुहुन्छ । यस्तो चिया उच्च रक्तचाप, ह्यांगओवर, ज्वरो, तनाव बढ्नु, मौसम आदि कारणले टाउको दुखेको बेला पनि पिउन सकिन्छ । कतिपय अवस्थामा क्याफिनको लतले गर्दा पनि टाउको दुख्ने गर्छ । त्यसैले यसलाई आर्युवेदिक चियामा परिवर्तन गर्न सकिन्छ ।

आयुर्वेदिक चिया बनाउने तरिका

सामग्री

  • एक गिलास पानी
  •  आधा सानो चम्चा ज्वानो
  •  एउटा सुकमेल
  • एक चम्चा धनियाँको बिज
  •  ५/६ वटा पुदिनाको पात

यी सबै सामग्रीलाई एउटा भाँडोमा राखेर तीन मिनेट जति उमाल्ने र त्यसलाई छानेर मनतातो पिउनुहोस् । यसलाई धेरै तातो पनि पिउनु हुँदैन । मनतातो खालको बनाएर पिउने गरेमा धेरै प्रकारको टाउको दुखाईमा औषधीको काम गर्छ ।

यस चियामा प्रयोग गरिएका सामग्रीमा ज्वानोले ब्लोटिंग, अपच, कफ, चिसो, मधुमेह तथा दम आदिका लागि राम्रो गर्दछ । त्यस्तै धनियाँको बीजले मेटाबोलिज्म राम्रो बनाउने काम गर्छ । यसका साथै माइग्रेन तथा अन्य प्रकारका क्रोनिक दुखाईको समस्यालाई पनि निको पार्ने गर्छ । साथै धनियाँ हर्मोनल सन्तुलन र थाइराइडलाई ठिक गर्नका लागि पनि प्रयोग हुन्छ ।

यसरी नै पुदिनाले पनि अन्य चियाको लतलाई कम गर्न सहयोग गर्छ । एसिडिटी, माइग्रेन , कोलेस्ट्रोल बढेर समस्यामा हुनुहुन्छ भने पनि पुदिनाको पात एकदमै लाभदायक हुन्छ । साथै सुकमेलले मोसन सिकनेस, माइग्रेन तथा रक्तचापको समस्या छ भने पनि यसले राम्रो गर्छ । यो छाला तथा कपालका लागि पनि राम्रो हुन्छ ।

अन्य चियाको ठाउँमा बिहान उठेर यो चिया पिउनुभयो भने तपाईंको टाउको दुख्ने समस्या कम हुँदै जान्छ । खानपानमा केही परिवर्तन गरी स्वस्थ खानपानलाई अपनाउँदा त्यसै पनि धेरै समस्याहरु हल हुँदै जान्छ । त्यसरी नै यो आर्युवेदिक चिया तपाईंले दैनिक रुपमा पिउनुभयो भने यसले तपाईं स्वास्थ्यसँगै टाउको दुख्ने समस्या पनि कम हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved