जयनगरबाट आउने रेल आजदेखि महोत्तरीको भंगाहासम्मै चल्ने

नेपालभ्युज

जयनगरबाट आउने रेल आजदेखि महोत्तरीको भंगाहासम्मै चल्ने

काठमाडौं। जयनगरबाट आउने रेल आज आइतबारदेखि महोत्तरीको भंगाहासम्मै चल्दैछ।

जयनगरबाट जनकपुर हुँदै  कुर्थासम्म चल्ने रेल आजदेखि भंगाहासम्म आउने रेल्वे कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आज आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय छ ।

भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेकाले रेल सञ्चालन गर्न लागेको रेल्वे कम्पनीले जनाएको छ ।

अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ । जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved