प्रधानमन्त्री कप भलिबल : न्यु डायमन्डको पराजयसँगै पुलिस र एपीएफ फाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : न्यु डायमन्डको पराजयसँगै पुलिस र एपीएफ फाइनलमा

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमन्ड क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिसले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले डायमन्डलाई पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१४ र तेस्रोमा २५–१७ ले पराजित गरेको हो। यससँगै पुलिस अपराजित रहँदै फाइनल पुगेको हो।

डायमन्ड पराजित भएसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको एपीएफ क्लब भने फाइनल पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved