सप्तरी,सुनसरी र मोरङमा अति भारी वर्षा, यस्तो रहनेछ देशभरको आज मौसम

नेपालभ्युज

सप्तरी,सुनसरी र मोरङमा अति भारी वर्षा, यस्तो रहनेछ देशभरको आज मौसम

काठमाडौं। पूर्वका केही ठाउँमा गएराती ठूलो पानी परेको छ ।

सप्तरीमा गएराती १ सय २९ मिलिमिटर पानी परेको छ । एक सय मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भनिन्छ । यस्तै मोरङ्मा पनि १ सय २९ र सप्तरीमा १ सय २ मिलिमिटर वर्षा भएको छ । यी जिल्लामा हिजो बुधबार पनि भारी वर्षा भएको थियो ।  गएराती कास्कीमा पनि ७१ मिलिमिटर वर्षा भएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ। कोशी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved