महिला र पुरुष टोलीका लागि बराबर पुरस्कार दिने आईसीसीको घोषणा

नेपालभ्युज

महिला र पुरुष टोलीका लागि बराबर पुरस्कार दिने आईसीसीको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष र महिला टोलीका लागि बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ ।

आईसीसीले विहीबार आईसीसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । दक्षिण अफ्रिकाको डरबनमा भएको आईसीसीको वार्षिक सम्मेलनमा यससम्बन्धी निर्णय लिइएको आईसीसीले जनाएको छ । आईसीसी बोर्डले निर्धारित समयभन्दा अगाडि नै सन् २०३० सम्ममा पुरस्कार रकम समानतामा पुग्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने जनाएको छ ।

‘यो हाम्रो खेलकुदको इतिहासमा महत्त्वपूर्ण क्षण हो, र म खुसी छु कि आईसीसी विश्वव्यापी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ,’ आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved