प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल विजयी

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल विजयी

काठमाडौं। राजधानीमा जारी सातौं संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपमा आज पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले एपीएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले जित हासिल गरेको थियो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीको सहभागिता छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved