प्रधानमन्त्री कप भलिबलः आर्मीले एपीएफलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबलः आर्मीले एपीएफलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले एपीएफलाई ३–२ ले पराजित गरेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा एपीएफले आर्मीलाई २५–१८ ले पराजित गर्‍यो। दोस्रो सेटमा आर्मीले एपीएफलाई २५–१६ ले हरायो। यससँगै खेल १–१ को बराबरीमा पुग्यो।

तेस्रो सेटमा एपीएफले आर्मीलाई २६–२४ ले हरायो। चौथो सेटमा आर्मीले एपीएफमाथि २८–२६ ले जित निकाल्यो। निर्णायक सेटमा आर्मीले एपीफलाई १७–१५ ले पराजित गर्यो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved