प्रधानमन्त्री कप भलिबल : दावालीमाथि सैलुङको जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : दावालीमाथि सैलुङको जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सैलुङ बागढुङ्गाले दावाली मिलन क्लबमाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा सैलुङले दावालीलाई ३–२ को सेटमा पराजित गरेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा सैलुङले दावालीलाई २५–१९ ले पराजित गरेको थियो। दोस्रो सेटमा दावालीले सैंलुङलाई २५–१४ को सेटमा आफ्नो पक्षमा पार्यो। यससँगै खेल १–१ को बराबरीमा पुग्यो।

तेस्रो सेटमा दावालीले सैंलुङलाई २५–२२ ले पराजित गर्यो। चौथो सेटमा दावालीले सैलुङलाई २५–२१ ले पराजित गरेसँगै खेल २–२ को बराबरीमा पुग्यो। निर्णायक सेटमा सैंलुङले दावालाीलाई १५–१३ ले पराजित गर्यो। प्रतियोगिताबाट बाहिरिएको दावालीको यो पहिलो जित हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved