वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट पक्राउ

वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता समितिको रकम लुटेको आरोपमा विष्टलाई प्रहरीले पक्राउ गरेको हो। उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको आधारमा वडाध्यक्ष विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले बताए।

वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता शाहीले बताए।

के भएको थियो घटना ?

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएको आरोप लागेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved