फिल्म आदिपुरुषका संवाद लेखकले मागे माफी

नेपालभ्युज

फिल्म आदिपुरुषका संवाद लेखकले मागे माफी

एजेन्सी । बलिउड अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनित आदिपुरुष फिल्मको रिलीज हुनुअघि जति प्रसंशा भइरहेको थियो त्यो पछि ट्रोलिंगमा बदलियो ।

यसको कारण हो फिल्मको संवाद र कलाकारको लुक्स । यही कारणले गर्दा फिल्मका संवाद पनि केही परिवर्तन गरिएको थियो । त्यहीँ अब आदिपुरुषको रिलीजको यति धेरै दिनपछि संवाद लेखक मनोज मुन्तशिरले माफी मागेका छन् ।

उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा मानिसको भावनामा ठेस पुर्‍याएको भन्दै हात जोडेर माफी मागेका छन् । उनले लेखेका छन्, “मैले स्वीकार गर्छु कि फिल्म आदिपुरुषले जनभावना आहत भएको छ । मेरा सबै दाजुभाई दिदीबहिनी, पूज्य साधुसन्त तथा श्री रामका भक्तसँग मैले हात जोडेर बिना शर्त क्षमा माग्न चाहन्छु ।”

यस ट्वीट शेयर गर्दै एकजना यूजरले लेखे, ढिला आयो राम्रै आयो । तपाईंलाई बजरंगबलीले शक्ति दिउन् । आदिपुरुष यही १६ जुनमा रिलीज भएको थियो । जसमा प्रभास राघवको भूमिकामा, कृति सेनन जानकी, सनी सिंह र सैफ अली खान लंकेशको भूमिकामा देखिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved