कुनै पनि धर्म मान्दैनन् बलिउडका यी कलाकार

नेपालभ्युज

कुनै पनि धर्म मान्दैनन् बलिउडका यी कलाकार

एजेन्सी । त्यसो त भारतमा धार्मिकताको विषय एकदमै कडा भएर आउने गर्दछ । धार्मिक कट्टरता बढिरहेको देशमा पनि बलिउडका केही कलाकार भने धर्मप्रति अलि खुकुलो नै हुने गरेको समाचार सुन्न पाइन्छ । यस्तैमा केही यस्ता कलाकार छन् जसले कुनै पनि धर्म नै मान्दैनन् ।

यस्तो धर्म नमान्ने कलाकारमा पर्छन् तमिलका सुपरस्टार कमल हसन । उनले आफूले कुनै पनि धर्म नमान्ने बताउँछन् । त्यस्तै बलिउड अभिनेता जोन अब्राहमले पनि कुनै पनि धर्मप्रति आफ्नो विश्वास नरहेको बताउने गर्छन् । सबैले मान्ने धर्मप्रति भने उनको सम्मान रहन्छ ।

त्यस्तै अर्का कलाकार अमोल पालेकरले पनि ईश्वरमा विश्वास नभएको बताइसकेका छन् । त्यस्तै जावेद अख्तरले पनि आफू नास्तिक भएको धेरैपटक बताइसकेका छन् ।

जसरी बुवा जावेद अख्तरले आफूलाई नास्तिक बताउँछन् उनका छोरा फरहान अख्तरले पनि कुनै धर्म नमान्ने केही मिडिया रिपोर्टहरुमा बताइएको छ ।

धर्म नमान्ने लिस्टमा राम गोपाल वर्माको नाम पनि समावेश छ । उनले पनि कुनै पनि धर्ममा आस्था राख्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved