२० को आसपासमा डेब्यू गर्ने बलिउडका यी अभिनेत्री

नेपालभ्युज

२० को आसपासमा डेब्यू गर्ने बलिउडका यी अभिनेत्री

एजेन्सी । त्यसो त बालकलाकार पनि पर्दामा देखिन्छन् । तर मुख्य भूमिकामै रहेर कम उमेरमा फिल्मी करिअर सुरु गरेका केही अभिनेत्री छन् ।

यसैमध्ये एक हुन् जायरा वसीम । जसले मात्र १६ वर्षको उमेरमा पहिलो फिल्म गरेकी थिइन् । त्यस्तै अर्की अभिनेत्री हुन् उर्वशी रौतेला । उनले १९ वर्षको उमेरमा करिअर सुरु गरेकी थिइन् ।

त्यस्तै अर्की अभिनेत्री सारा अली खान छन् । उनले २२ वर्षको उमेरमा अभिनयको दुनियाँमा पहिलो कदम राखेकी थिइन । अहिलेकी चर्चित बलिउड अभिनेत्री आलिया भट्टले १९ वर्षको उमेरमा पहिलो फिल्म खेलेकी थिइन् ।

त्यस्तै अर्की अभिनेत्री अनन्या पान्डेले पनि २१ वर्षको उमेरमा बलिउडको यात्रा सुरु गरेकी थिइन । त्यस्तै श्रीदेवीकी छोरी जान्हवी कपुरले पनि २१ वर्षको उमेरमा फिल्मी करिअर सुरु गरेकी थिइन् ।

अर्की बलिउड अभिनेत्री तारा सुतरिया जसले अनन्या पाण्डेसँग आफ्नो करिअर सुरु गरेकी थिइन् । उनी त्यतिबेला २२ वर्षकी थिइन् । त्यस्तै दिशा पटानीले २३ वर्षको उमेरमा फिल्मी करिअर सुरु गरेकी थिइन् ।

कम उमेरमै फिल्मी करिअर सुरु गरेका अभिनेत्रीहरु अहिले पनि बलिउडमा आफ्नो स्थान बनाइरहन सफल भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved