प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक केहीबरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।

आकस्मिक बैठकबारे कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले पुष्टि गरे । “प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ,” सचिव भट्टराईले भने, “मन्त्रीज्यू त्यहाँ जाँदै हुनुहुन्छ ।”

बैठकमा कोशी प्रदेश सरकार निर्माण, केन्द्रीय मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved