रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छ : मन्त्री भुसाल

नेपालभ्युज

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छ : मन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हन् ।

रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताउँदै मन्त्री भुसालले जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए ।

उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved