अमेरिकी सुपरस्टार गायिका कोको ली को मृत्यु

नेपालभ्युज

अमेरिकी सुपरस्टार गायिका कोको ली को मृत्यु

एजेन्सी । हङकङ मुलकी अमेरिकी सुपरस्टार गायिका कोको ली को मृत्यु भएको छ ।

सन् १९९० र २००० को दशकमा एसियामा पप स्टारडमको आनन्द दिने गायिका कोको लीको ४८ वर्षको उमेरमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

हङकङमा जन्मेकी ली बाल्यकालमा अमेरिका गए र मन्डारिन र अङ्ग्रेजीमा एल्बमहरू रिलिज गरेकी थिइन् । उनले डिज्नीको हिट फिल्म मुलानको मन्डारिन संस्करणमा पनि आवाज दिएकी थिइन् ।

यसै हप्ताको सुरुमा लीले आत्महत्याको प्रयास गरेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको थियो ।  ली केही वर्षदेखि डिप्रेसनबाट पीडित थिइन । उनले आइतबार घरमै आफ्नो ज्यान लिने प्रयास गरे र अस्पताल लगिएकोमा बुधबार मृत्यु भएको छ ।

उनको पछिल्लो एकल ट्र्याजिक गीत यस वर्ष १४ फेब्रुअरीमा रिलिज भएको थियो। सन् २०११ मा लीले ठूला व्यापारी ब्रुस रोकोविजसँग विवाह गरेकी थिइन् । उनका दुई छोरी छन् ।

तीन वर्षअघि उनीहरूबीच सम्बन्धविच्छेद भएको हल्ला चल्न थालेको थियो तर लीले यो विषयमा कहिल्यै प्रतिक्रिया दिएकी थिइनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved