शुटिंगका क्रममा घाइते भए शाहरुख खान !

नेपालभ्युज

शुटिंगका क्रममा घाइते भए शाहरुख खान !

एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान अमेरिकामा दुर्घटनामा परेका छन् । यो दुर्घटना फिल्मको शुटिंगका क्रममा भएको हो ।

मिडियाका अनुसार यस दुर्घटनामा शाहरुख खानको नाकमा चोट लागेको छ । नाकमा चोट लागेर रगत निस्कन थालेपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । सामान्य शल्यक्रियापछि उनको स्वास्थ्य अब ठिक भइसकेको बताइएको छ ।

चिकित्सकले यसलाई सामान्य चोट हो भनेपछि अहिले शाहरुख खान भारत फर्किएका छन् । उनी कयौं महिनादेखि शुटिंगका लागि विभिन्न देश पुग्ने गरेका छन् । अमेरिकाको लस एन्जिल्समा शुटिंगका क्रममा उनी दुर्घटनामा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved