प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बुधबार बस्दै छ ।

बैठक दिउँसो ३ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ ।

यो विधेयकमाथि छलफल भए पछि त्यसमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved