यी बलिउड कलाकारले डिभोर्सपछि दोस्रो विवाह गरेनन्

नेपालभ्युज

यी बलिउड कलाकारले डिभोर्सपछि दोस्रो विवाह गरेनन्

एजेन्सी । बलिउड अभिनेत्री अमृता सिंहले सैफ अली खानसँग विवाह गरिन् र रिभोर्स गरिन् । अमृता सिंहले दोस्रो विवाह गरेकी छैनन् ।

त्यस्तै अर्का अभिनेता ऋतिक रोशन छन् । उनले पनि श्रीमती सुजैन खानसँग डिभोर्स गरेपछि दोस्रो विवाह गरेका छैनन् । तर उनी सम्बन्धमा भने रहेका छन् ।

त्यस्तै अर्की अभिनेत्री हुन् अदिति राव हैदरी । उनले सत्यदीप मिश्रासँग डिभोर्स लिएपछि दोस्रो पटक विवाह गरेकी छैनन् । निर्देशक महेश भट्टकी छोरी पूजा भट्टले पनि मनीष मखीजासँग डिभोर्स लिएर बसेकी छन् । त्यसपछि उनले विवाह गरेकी छैनन् ।

अभिनेता अर्जुन रामपालले मेहर जेसियासँग डिभोर्स लिएपछि दोस्रो विवाह गरेका छैनन् । उनी अहिले आफ्नी प्रेमीकासँग बस्छन् । अभिनेत्री करिश्मा कपूरले संजय कपूरसँग डिभोर्स गरिन् । करिश्माले दोस्रो विवाह गरेकी छैनन् ।

यसैगरी अहिले अर्जुन कपुरसँगको प्रेमसम्बन्धबाट चर्चामा रहने मलाइका अरोडाले पनि दोस्रो विवाह गरेकी छैनन् । उनले केही वर्ष पहिले अरबाज खानसँग डिभोर्स लिएकी थिइन । विवाह नगरेपनि उनी अर्जुन कपूरसँग सम्बन्धमा छन् ।

त्यस्तै अकी अभित्रेनी कोंकणा सेन शर्माले रणवीर शौरीसँग डिभोर्स लिएपछि विवाह गरेकी छैनन् । अर्की अभिनेत्री चित्रांगदा सिंहले ज्योति रंधावासँग विवाह गरेकी थिइन् । चित्रांगदाको डिभोर्स भइसकेको छ तर उनले दोस्रो विवाह गरेकी छैनन् ।

सलमान खानकी प्रेमीकाको रुपमा समेत चर्चामा आउने संगीता बिजलानी पनि एक्लै छन् । उनले मोहम्मद अजहरुद्दीनसँग डिभोर्स गरेपछि दोस्रो विवाह गरेकी छैनन् । पूर्व प्रेमी सलमान खानसँग भने उनको अहिले पनि राम्रै सम्बन्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved