के कैटरिना र प्रियंका ‘जी ले जरा’बाट बाहिरिए ?

नेपालभ्युज

के कैटरिना र प्रियंका ‘जी ले जरा’बाट बाहिरिए ?

एजेन्सी । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले सन् २०२१ मा आफ्नो नयाँ फिल्म ‘जी ले जरा’ को घोषणा गरेका थिए । जसमा कैटरीना कैफ, प्रियंका चोपडा र आलिया भट्टलाई लिइएको थियो ।

यो खबर सुनेपछि प्रसंशक एकदमै खुशी भएका थिए । अहिले भने यही फिल्मसँग जोडिएको अर्को ठूलो समाचार आइरहेको छ । जसलाई सुनेर प्रसशंक खुशी देखिँदैनन् ।

मीडिया रिपोर्टअनुसार, यस फिल्मबाट प्रियंका र कैटरिना बाहिरिएका छन् । एक जना कलाकारका फोटोग्राफरले पोस्ट गरेको खबर अनुसार प्रियंका र कैटरिनाले यो फिल्म छोडिसकेका छन् । उनीहरुको ठाउँमा अनुष्का शर्मा र कियारा आडवाणीलाई लिइएको चर्चा छ ।

मीडियामा आएका रिपोर्ट अनुसार प्रियंका चोपडाले धेरै कारण देखाएर यो फिल्ममा काम गर्न अश्वीकार गरेकी हुन् । मुख्य समस्या तीनवटै अभिनेत्रीको समयलाई लिएर देखिएको छ । तीन जना अभिनेत्री नै अहिले एकदमै व्यस्त छन् । जहाँ प्रियंका आफ्नो नयाँ हलीउड फिल्ममा काम गर्ने तयारीमा छन् भने कैटरिना र आलियासँग पनि एकदमै धेरै फिल्म छन् ।

लामो समयसम्म यो फिल्मको शुटिंग सुरु भएको छैन । एक अन्तरवार्ताका क्रममा जब आलियालाई ‘जी ले जरा’ को शुटिंगलाई लिएर प्रश्न गरिएको थियो । उनले विश्वास दिलाउँदै यो फिल्म बनिरहेको र २०२३ मा शुटिंग सुरु हुने भनेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved