कोराघाटमा सरकारको किरिया बसेकाहरू (फोटोफिचर)

नाटकमा ४६ सालको परिवर्तनपछि देशमा देखिएको राजनैतिक विकृतिमाथि चित्रण गरिएको छ। नाटकमा जब सरकार मर्छ, सरकारको काज-किरियाका लागि कोरा गाउँका बासिन्दाहरू कोरा बारेर बस्दछन्। सरकार बारम्बार मरिरहन्छ, उनीहरू सधैँ कोरामा बसिरहन्छन्।

कोराघाटमा सरकारको किरिया बसेकाहरू (फोटोफिचर)

काठमाडौं। राजनीतिक विसंगतिमाथि लेखिएको नाटक ‘कोराघाट’ थापा गाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। कुमार नगरकोटीद्वारा लिखित नाटकलाई रंगकर्मी तथा कलाकार कमलमणि नेपालले निर्देशन गरेका हुन्।

मण्डला थिएटरको ११औं ब्याचका प्रशिक्षार्थीहरूको अभिनय रहेको नाटकमा ४६ सालको परिवर्तनपछि देशमा देखिएको राजनैतिक विकृतिमाथि चित्रण गरिएको छ। नाटकमा जब सरकार मर्छ, सरकारको काज-किरियाका लागि कोरा गाउँका बासिन्दाहरू कोरा बारेर बस्दछन्। सरकार बारम्बार मरिरहन्छ, उनीहरू सधैँ कोरामा बसिरहन्छन्।

असार ७ गतेदेखि मञ्चन भएको नाटक ‘कोराघाट’ मा जयप्रकाश ताजपुरिया, सुशान्त दाहाल, सन्दीप वस्ती, अग्निश्री विश्वकर्मा, शर्मिला लाम्गाडेलगायतका कलाकारहरूको अभिनय रहेको छ।

नाटक, यही असार २१ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ४ बजे मञ्चन हुनेछ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved