के सुशान्त सिंह राजपूत केसमा हुँदैछ नयाँ खुलासा ?

नेपालभ्युज

के सुशान्त सिंह राजपूत केसमा हुँदैछ नयाँ खुलासा ?

एजेन्सी । सुशान्त सिंह राजपूतले टेलिभिजन हुँदै बलिउडसम्म सफर तय गरेका थिए । उनको अचानक भएको मृत्युले धेरैलाई स्तव्ध बनायो । मृत्य भएको तीन वर्षपछि उनको केसले नयाँ मोड लिने देखिन्छ ।

भारतको महाराष्ट्रका डिप्टी सीएम देवेन्द्र फडणवीसका अनुसार सुशान्तको मुद्दासँग जोडिएका केही महत्वपूर्ण प्रमाण प्राप्त भएका छन् । आउनुहोस् जानौं उनले के भनेका छन् ।

हालै एक सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा देवेन्द्र फडणवीसले भनेका थिए, “सुरुआतमा यो मुद्दा अफवाहमा मात्र आधारित थियो । केही व्यक्तिले भने दाबी गरेका थिए उनीहरुसँग प्रमाण छ भनेर । हामीले प्रमाण पुलिसलाई बुझाइसकेका छौं । अहिले ती प्रमाण माथि जाँच भइरहेको छ । ती सही छन् कि छैनन् यसको जानकारी प्राप्त हुनु भन्दा अघि म यसबारे धेरै केही बोल्न सक्दिन ।”

सुशान्त सिंह राजपूतको मृत्युको घटना सीबीआईले सम्हालेको थियो । जाँच प्रक्रियाका क्रममा ड्रग्सको विषय अगाडि आएको थियो । त्यहीँ पोस्टमार्टमपछि यस्तो पनि भनिएको थियो कि उनले आत्महत्या गरेका थिएनन् । यस मुद्दाको जाँचका क्रममा अभिनेत्री रिया चक्रवर्तीप्रति पनि केही आरोप लागेका थिए ।

सुशान्तको मृत्यु भएको तीन वर्षसम्म पनि प्रसंशकले बिर्सन सकिरहेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved