माधुरी दिक्षितलाई नम्बर एक बनाउने फिल्म

नेपालभ्युज

माधुरी दिक्षितलाई नम्बर एक बनाउने फिल्म

एजेन्सी । बलिउडकी ‘धक धक गर्ल’ माधुरी दीक्षित फेशन तथा नृत्यसँगै अभिनयका लागि पनि प्रख्यात थिइन । आज हामी त्यही फिल्मका बारेमा बताउनेछौं जसले माधुरी दीक्षितलाई नम्बर एक हिरोइनको दर्जा दिए ।

सन् १९९१ मा आएको ‘साजन’ फिल्मले माधुरीलाई एउटा छुट्टै पहिचान दिएको थियो । यस फिल्ममा माधुरीले गरेको अभिनयको निकै प्रसंशा भएको थियो ।

त्यस्तो अर्को फिल्म ‘खलनायक’ सन् १९९३ मा आएको थियो । यस फिल्मले माधुरीको डगमगाइरहेको करिअरलाई उचाईंमा पुर्‍याएको थियो ।

त्यस्तै ‘हम आपके है कौन’ फिल्म सन् १९९४ मा आएको थियो । यस पारिवारिक फिल्ममा माधुरी र सलमान खानको जोडीले पर्दामा धुम मच्चाएको थियो ।

यसैगरी सन् १९८८ मा आएको फिल्म तेजाब माधुरीका चर्चित फिल्म मध्ये एक हो । यसरी नै आमिर खानसँगको फिल्म ‘दिल’ पनि एकदमै चर्चित भएको थियो । यस फिल्मका सबै गीत एकदमै धेरै रुचाइएको थियो ।

सन् १९८९ मा आएको फिल्म ‘राम लखन’ मा माधुरीले राधाको भूमिका निर्वाह गरेकी थिइन् । यस फिल्मले पनि उनलाई एकदमै चर्चा दियो ।

सन् २००२ मा आएको फिल्म देवदास पनि वर्षकै उत्कृष्ट फिल्म घोषित भएको थियो । यस फिल्ममा माधुरीले चन्द्रमुखीको भूमिका निर्वाह गरेकी छन् ।

यस फिल्ममा उनको अभिनय त राम्रो थियो नै उनको नृत्यको पनि प्रसंशा भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved