३० दिनभित्र विवरण नबुझाउने सहकारी खारेज गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

नेपालभ्युज

३० दिनभित्र विवरण नबुझाउने सहकारी खारेज गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाले ३० दिन भित्र विवरण नबुझाउने सहकारी संस्थाहरुको खारेजी गर्ने चेतावनी दिएको छ ।

महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु पेश गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका सहकारी ऐनले सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष सकिएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, आव सकिएको बढीमा ३ महिना भित्र लेखापरीक्षकबाट प्रत्येक आवको लेखापरीक्षण गराउनुपर्ने भएपनि त्यसो नगरिएको भन्दै सचेत गराएको छ।

महानगरले उक्त प्रावधानहरु उल्लंघन गरे सहकारी संस्था विघटन वा दर्ता नै खारेज गर्ने चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved