सांसदलाई कानुनमन्त्रीको जवाफ: संविधानअनुसार नै न्यायाधीश नियुक्त हुन्छन्

नेपालभ्युज

सांसदलाई कानुनमन्त्रीको जवाफ: संविधानअनुसार नै न्यायाधीश नियुक्त हुन्छन्

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त हुने बताएका छन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने चर्चा भइरहँदा उनले यस्तो बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले न्यायालय राजनीतिक भर्ती केन्द्र जस्तो नभएको जिकिर गरे ।

मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको पनि बताए । ‘न्यायालय राजनीतिक भर्ती केन्द्र बनाएर बिग्रियो भन्ने कुुरा आएको छ’, उनले भने, ‘त्यस्तो भएको छैन र हुन दिँइदैन ।’

मन्त्री गुरुङले न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved