शिवम् सिमेन्टका कार्यकारी निर्देशक अवार्डबाट सम्मानित

नेपालभ्युज

शिवम् सिमेन्टका कार्यकारी निर्देशक अवार्डबाट सम्मानित

काठमाडौं। सिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेसनल अवार्डबाट सम्मानित भएका छन् । शनिबार दुबईमा भएको इन्टरनेसनल एचिभर कन्फ्रेन्स (आइएसी)द्वारा आयोजित कार्यक्रममा उनी आउटस्टान्डिङ इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् ।

मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत रहँदै आएका छन् । उनी विगत लामो समय देखि निरन्तर व्यावसायी क्षेत्रमा सक्रिय रूपमा लागिरहेका तथा कुशल नेतृत्वका साथ संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रूपमा पहिचान बनाएका छन् ।

आईएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ र यस वर्ष दुबईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरेको थियो । आईएसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरूको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरू, सेलिब्रेटी एम्बास्डरहरू, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

आईएसीले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरूको छनोट गरी उद्योगको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदान आधार छनोट गरी अवार्ड दिने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved