सरकारी कोषमा नगद मौज्दात १ खर्ब ६६ अर्ब मात्रै

नेपालभ्युज

सरकारी कोषमा नगद मौज्दात १ खर्ब ६६ अर्ब मात्रै
फाइल तश्वीर

काठमाडौं। सरकारी कोषमा नगद मौज्दात घटेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा गरी सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको सरप्लस मौज्दातसमेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved