यसरी पाउनुहोस् गर्मीमा छालाको एलर्जीबाट राहत

नेपालभ्युज

यसरी पाउनुहोस् गर्मीमा छालाको एलर्जीबाट राहत

एजेन्सी । गर्मीमा छालामा एलर्जी आउनु सामान्य कुरा हो । यसको पछाडि धेरै कारणहरु हुन सक्छन् । आउनुहोस् जानौं छालामा एलर्जीको समस्याबाट राहत पाउने केही सजिलो तरिकाहरुका बारे–

  •  एलोवेरा जेलको प्रयोग   छालामा हुने एलर्जीको लागि फाइदाजनक हुन्छ । यसमा एन्टीब्याक्टेरियल तथा एन्टीमाइक्रोबियल गुण हुन्छन्, जसले एलर्जी कम गर्ने काम गर्छ ।
  •  गर्मीमा हुने छालाको एलर्जीबाट छुट्कारा पाउनका लागि बेकिंग सोडाको प्रयोग गर्न सकिन्छ । यसका लागि बेकिगं सोडालाई पानीमा मिसाएर एउटा पेस्ट तयार गर्ने र यसलाई संक्रमित भएको हिस्सामा लगाउने ।
  •  कैयौंपटक गर्मीमा फोहोर कपडा लगाउने वा एउटै कपडा धेरै दिन लगाउने गर्दा पनि त्यसपछि हुने पसिनाले ब्याक्टेरियाहरु आउन सक्छन्, जो छालाको एलर्जीको कारण बन्न सक्छ ।
  •  टी–ट्री तेलको प्रयोगले पनि गर्मीमा हुने छालाको एलर्जीबाट राहत पाउनका लागि सहयोगी हुन्छ । यसलाई तपाईंले प्रभावित अंगमा लगाउन सक्नुहुन्छ ।
  •  एप्पल साइडर भेनेगर पनि छालाको पीएच लेवललाई सुधार गरेर छालामा आउने र्यासेज तथा संक्रमणलाई कम गर्न धेरै नै प्रभावकारी हुन्छ । यसका लागि कुनै तेलसँग मिसाएर लगाउनु पर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved