यूके जानेको मेडिकल जाँच अब नर्भिक अस्पतालमा पनि हुने

अध्ययन र रोजगारीका लागि यूके जानेहरूको स्वास्थ्य परीक्षण (मेडिकल) अब थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पनि हुने भएको छ।

नेपालभ्युज

यूके जानेको मेडिकल जाँच अब नर्भिक अस्पतालमा पनि हुने

काठमाडौं। अध्ययन र रोजगारीका लागि यूके जानेहरूको स्वास्थ्य परीक्षण (मेडिकल) अब थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पनि हुने भएको छ।

बेलायती दूतावासले नर्भिक इन्टरनेसनल हस्पिटललाई समेत यूके जानेको मेडिकल गराउन अनुमति दिएको हो।

योसँगै अब युके जानेहरूको मेडिकल इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) र नर्भिक दुवै ठाउँमा हुनेछ।
अस्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन्।

नर्भिकमा मेडिकल जाँच गराउनका लागि सेवाग्राहीले अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन्।
अनलाइनमा देखिने खाली स्लटहरूमा आफूलाई उपयुक्त डेट बुक गरेपछि सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved