दुर्घटनामा परेका मन्त्री सिंहको अवस्था गम्भीर

नेपालभ्युज

दुर्घटनामा परेका मन्त्री सिंहको अवस्था गम्भीर

काठमाडौं । दुर्घटनामा परेका सुदूरपश्चितम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको अवस्था गम्भीर छ । मङ्गलबार डडेल्धुराबाट बझाङको सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनाग्रस्त भएको थियो ।

अहिले मन्त्री सिंहसहित घाइतेहरूलाई हेलिकोप्टरमार्फ नेपालगञ्ज पुर्‍याइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक भरतबहादुर बोहराकाअनुसार मन्त्री सिंहको अवस्था गम्भीर छ भने अर्का एकजना भने सामान्य छन् ।

मन्त्रीसहित अन्य ४ जना सवार गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

सुदूरपश्चिमका कानूनमन्त्री चढेको गाडी दुर्घटना, उद्धारका लागि हेलिकोप्टर जाँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved