सुदूरपश्चिमका कानूनमन्त्री चढेको गाडी दुर्घटना, उद्धारका लागि हेलिकोप्टर जाँदै

नेपालभ्युज

सुदूरपश्चिमका कानूनमन्त्री चढेको गाडी दुर्घटना, उद्धारका लागि हेलिकोप्टर जाँदै

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक भरत बहादुर बोहराका अनुसार डडेल्धुराबाट बझाङको सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बाँकी ३ जनाको भने रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । प्रहरीकाअनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि जाँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved