हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ % ब्याजदर

नेपालभ्युज

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ % ब्याजदर

काठमाडौं। नेपालकका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो। यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताहरूले ९.९९ % ब्याजदरमा (पहिलो वर्षका लागि) Hyundai KONA र IONIQ 5 खरिद गर्न सक्नेछन्। बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले Hyundai KONA र IONIQ 5 लक्षितगरी यो अफर ल्याएको हो ।

Hyundai KONA र IONIQ 5 नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, पर्फरमेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

Hyundai KONA ३ वटा भेरियन्टमा उपलप्ध छ । KONA NS को मूल्य रु.६०,९६,०००, GL- ६१,९६,००० र GLS भेरियन्टको र ६४,९६,००० रहेको छ । साथै, IONIQ 5 GLS Vision roof भेरियन्ट १०,२९६,००० को मूल्यमा उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै, ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved