२८ जना शाखा अधिकृतको सरुवा

नेपालभ्युज

२८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ ।  गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।  सरुवा भएका कर्मचारीलाई उपत्यका बाहिरका २३ जिल्लामा पठाइएको छ ।

सरुवा भएकामध्ये २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत छन् भने ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका छन् । सामान्यबाट सरुवा भएका ५ जनालाई  पनि उपत्यका बाहिर खटाइएको हो ।

सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले निर्देशन दिदैं भने, ‘कुनै शक्तीकेन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताबाट खटाएको ठाउँमा नगइ यतै बस्ने कल्पना नगर्नुहोला, त्यो बाटो बन्द भइसक्यो, अब पाओर सेन्टर धाउन छोड्नुस्, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’

सरुवा भएका कर्मचारीलाई  रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा खटाइएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved