कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । शुभकालीका गाउँपालिका–६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए ।

कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved