प्रचण्डलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट !

नेपालभ्युज

प्रचण्डलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट !

काठमाडौं। माओवादी जनयुद्धका कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। नौ जना पूर्वबहाल सैनिकहरूले रिट निवेदन दिएका हुन्।

वर्तमान प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अनाहकमा युद्धमा लगाएको भन्दै कारबाहीको मागसमेत निवेदनमा गरिएको छ। अनमनिको वर्गीकरणका क्रममा आफूहरूलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।

निवेदन दिनेहरूमा लेनिन विष्ट, कृष्ण प्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागर कुमार चौहान, मदन राई, राजन तामाङ, खेमबहादुर राई रहेका छन्।

रिट निवेदनमा भनिएको छ, ‘अमानवीय ढंगले युद्ध अपराध गरी हामीलाई बालसेनाको रूपमा प्रयोग गर्ने तत्कालीन माओवादी विद्रोह कालका नेता पुष्पकमल दाहाललाई माथि आवश्यक अभियोजन प्रक्रियाको थालनी गर्न गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनु त्यतिन्जेलसम्म निजको विशेषगरी विपक्षी प्रधानमन्त्री माथि नैतिक प्रश्न उठ्ने भएकोले निज प्रधानमन्त्रीको पदिय हैसियत पनि निलम्बनमा राख्नु वा कायम नहुने गरी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved