घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

नेपालभ्युज

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

एजेन्सी। हिजोआज प्राय: घरमा कुकुर पालेको देख्न पाइन्छ । कुकुर एकदमै बफादार र सहयोगी हुने हुँदा घरमा कुकुर पाल्नु हरेक दृष्टिकोणबाट फाइदाजनक छ ।

कुकुरलाई घरमा राखेर केही समय बिताएपछि तपाईं त्यो कुकुर घरको सदस्य जस्तो लाग्न थाल्छ । तपाईं त्यो सँग साथी जस्तो व्यवहार गर्न थाल्नुहुन्छ । वास्तवमा कुकुर एकदमै बफादार हुन्छन् । घरमा हुने चोरी लगायतका परिस्थितिमा कुकुरले तपाईंको सहयोग गर्न सक्छ ।

वास्तुअनुसार घरमा कुकुर राख्नु एकदमै शुभ मानिन्छ । यही कारणले मानिसहरू कुकुरलाई रोटी खुवाउँछन् । त्यस्तै कुकुरलाई किन्नका लागि तपाईंलाई त्यति धेरै रकम खर्च पनि गर्नु पर्दैन । त्यस्तै कुकुरका लागि खाने कुरामा पनि त्यति धेरै खर्च गर्नु पर्दैन ।

यदि, तपाईंले कुकुर पाल्नुहुन्छ र त्यसलाई लिएर बाहिर जानुहुन्छ भने तपाईंजस्तै अन्य व्यक्तिसँग पनि तपाईंको भेटघाट हुन्छ र साथी बनाउन सजिलो हुन्छ । कुकुरले घरका सबै नकारात्मक ऊर्जालाई कम गरी घरमा सकारात्मक वातावरण सिर्जना हुन्छ ।

त्यस्तै, घरमा कुकुरलाई पाल्ने गर्दा लक्ष्मीको बास हुने र सुख समृद्धिमा पनि वृद्धि हुने मान्यता रहेको छ । त्यसैले, तपाईंलाई पनि कुकुर पाल्दा हुने यस्ता विचारहरू सही लाग्छ भने तपाईं पाल्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved